गण्डकी प्रदेश लगायत पश्चिम नेपालमा वर्षा र हिमपात


     एभरेस्ट आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश लगायत देशका पश्चिमी भेगमा आज (बिहीबार) बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशको गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्चपहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ।

बागमती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहेको पनि विभागले जनाएको छ। विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी तथा तराइका केही क्षेत्रमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको संभावना छ। वर्षा र हिमपातको संभावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न तथा सुरक्षित र सतर्क रहन विभागले आग्रह समेत गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।