नवलपुरमा थपिए ११ हजार बढी मतदाता


     एभरेस्ट आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशको नवलपुर (पूर्वी) जिल्लामा ११ हजार बढी मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालय नवलपरासी (पूर्व)ले संचालन गरेको फोटो सहितको मतदाता नामावली संकलन अभियानमा ११ हजार ३ सय २५ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन्।

गत मंसीर १७ गतेदेखि पुस १९ गतेसम्म मतदाता संकलनसम्बन्धी विशेष अभियान संचालन गरेको थियो। जसअन्तर्गत ११ हजार ३ सय २५ जनाले नाम दर्ता गराएका ह्न्।

जसअन्तर्गत गैँडाकोट नगरपालिकामा २ हजार ९ सय २३ जना, देवचुली नगरपालिकामा १ हजार ६ सय ७७, मध्यविन्दु नगरपालिकामा २ हजार ८ सय २२ जनाले नाम दर्ता गराएका छन्। यस्तै हुप्सेकोट गाउँपालिकामा ११ सय ४०, विनयीत्रिवेणी गाउँपालिकामा १६ सय ६२, बौदीकाली गाउँपालिकामा ६ सय ५९ र बुलिङटार गाउँपालिकामा ४ सय ४२ जना मतदाताले नाम दर्ता गराएका छन्। अन्य जिल्लाबाट नवलपुर (पूर्व) आएर मतदाता नामावली संकलन गराउने ७२ जना छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।