कांग्रेसका विभिन्न पदमा निर्वाचितलाई डिएलएको सम्मान


     एभरेस्ट आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित




पोखरा, पुस २३ गते ।

नेपाल डेमोक्रयाटीक लयर्स एशोसिएसन कास्कीले नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा बिभिन्न पदमा निर्वाचित भएका आफ्ना सदस्यहरुलाई पोखरा शुक्रबार सम्मान गरेको छ ।
सम्मानित हुनेमा गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा, बरिष्ठ अधिवक्ता बिश्व धिमीरे, रामचन्द« त्रिपाठी ,रमेश पौडेल लगाएतका दर्जनै कानुन ब्यवसायी रहेका छन ।
सम्मान कार्यक्रमा बोल्दै नेपाली काग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले काग्रेसमा मात्र स्वतन्त्र न्यायापालीका र स्वतन्त्र प्रेसको परिकल्पना गर्ने सकिने बताए ।
उहाँले लोकतान्त्रीक कानुन ब्यवसायले कानुनिराज स्थापनाको लागी आफ्नो भुमिकालाई अग्रण स्थानमा राखनु पर्ने आग्रह गरे ।
कार्यक्रममा मन्त्री बिन्दु कुमार थापले ५० वटा ऐन,११ वटा निर्वावली बनाई सकेकको अवस्थामा केहि कानुन ब्यवसायीको सल्लाह सहयोग आवश्यक रहेको बताए ।उनले संधियतालाई संस्थागत गराउन यस्ता कानुनहरुको कार्यान्वयनमा डिएलएको भूमिका अझै सार्थक रहने जोड दिए ।
डिएलए कास्की अध्यक्ष कपिलमणी दाहाल, उपाध्यक्ष कमलापति पौडेल सचिव कृष्ण कुमारी गुरुङ लगाएतले डिएलएको भूमिका वारेमा बोलेका थिए । भेलाले आगामी डिएलएको केन्द«ीय महाधिवेशनका लागी ४० भन्दा बढी प्रतिनिधीहरु चयन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।