माओवादी नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

पीसीआर परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। श्रेष्ठ हाल होम आइसोलेसनमै बसेका छन्।

उनले हालसालै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन्। हालै महाधिवेशन सम्पन्न गरेको माओवादीका केन्द्रीय कार्यालयका कतिपय कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।