पोखरा २४ पुस
मिर्गौला पीडित पोखरा १६ का हेम व.रानालाई उपचारका लागी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता शिवराज देवकोटाको पहलमा संकलित १ लाख ७ हजार ३ सय ७२ रुपैया एक कार्यक्रमका विच पिडित रानालाई हस्तान्तरण गरिएको हो । विगत ३२ वर्षदेखि पोखरा वस्दै आएको रानाको परिवार ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउदै आएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि अभियन्ता देवकोटा सहित अमरदिपका नारायण थापा, धर्मराज थापाले सामाजिक संजाल मार्फत सहयोगको आव्हान गरेका थिए ।
संकलित रकम पोखरा १६ का वडाध्यक्ष जीवन प्र. आचार्य, अभियन्ता देवकोटा, युवा नेता मदन वस्नेत, अन्नपुर्ण वाल आश्रमका शारदा वस्नेतले हस्तान्तरण गरे । कार्यक्मा अग्रज पत्रकार राजबहादुर गुरुङले आत्मविश्वासलाई दह्रो बनाउन सके रोगलाई सजिलै जित्न सकिने अनुभव सुनाए । सामाजिक अभियन्ता देवकोटाले यसअघि पनि विभिन्न समस्यामा परेका व्यक्तिलाइृ सहयोग गर्दै आएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको…







