नेपाल निजामति कर्मचारी युनियन कास्कीमा सुरेसकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
युनियनको आठौं जिल्ला अधिवेशनले श्रेष्ठ निर्वाचित भएका हुन्।
\श्रेष्ठले रामचन्द्र पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
शुक्रबारदेखी सुरु आठौँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा ३ सय ८८ मत ल्याएर श्रेष्ठ निर्वाचित भएका हुन्।
श्रेष्ठ पशुपपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा अधिकृत तहमा कार्यरत हुन्। उनी नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को केन्द्रीय महासचिव समेत हुन्।
यसैगरी अधिवेशनबाट उपाध्यक्षमा केदार सापकोटा र सचिवमा इन्जिनियर सुमन शर्मा निर्वाचित भएका छन्।
युनियनका अध्यक्षमा निर्वाचित भइसकेपछि श्रेष्ठले रुपान्तरित परीवर्तित र सबल युनियन निर्माणमा जोड दिने प्रतिबद्धता जनाएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






