काठमाण्डौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड–१९ संकट समन्वय केन्द्र सीसीएमसी को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।
बैठकल अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । यस्तै नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानिय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
बैठकले २५ जनाभन्दा बढी भेला भएर गरिने मेला, महोत्सव तथा भेलाहरु आयोजना नगर्न नगराउन सबै स्थानिय प्रशासनलाई गृहमन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने भनिएको छ ।
माघ १५ सम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
यस्तै सीसीएमसी को बैठकले देशभरका विद्यालय आगमी माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
देशभर कोरोनासंक्रमणको दर बढ्न थालेको भन्दै यसको चेन ब्रेकका लागि माघ १५ गते सम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको हो । साथै सो अवधीमा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षमाथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन आग्रह गरेको छ भने बालबालिकालाई विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको सीसीएमसीका प्रवक्ता सुनीता नेपालले जानकरी दिइन् ।
यस्तै सरकारले आगामी माघ ३ देखि लागु हुने गरि सरकारले आन्तरिक हवाई उडान, कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, पार्कमा यात्रा गर्दा, होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







