माओवादीलाई पहिलो पार्टी बनाउन जोड


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित




माओवादी केन्द्रलाई पहिलो र ठूलो पार्टी बनाउन जोड दिइएको छ।

कास्कीको मादी गाउँपालिका वडा नं ११ मा आयोजित माओवादी केन्द्रको भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन्।

उनीहरुले परिवर्तनको मुख्य संवाहक माओवादी नै रहेको प्रष्ट पारे। आगामी दिनमा माओवादी आन्दोलनलाई थप बलियो बनाउँदै लैजानुपर्नेमा उनीहरुको जोड थियो।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र कास्की जिल्ला समन्वय समिति अध्यक्ष बखानसिंह गुरुङ ‘आभास’ प्रदेश कमिटी सदस्य कृष्णराज दाहाल, जीवन परियार, गाउँपालिका कमिटी अध्यक्ष तोरण गुरुङ, उपाध्यक्ष रुद्र रानाभाट, सचिव बेलबहादुर विश्वकर्मा, माओवादी केन्द्र मादी ७ का वडा कमिटी अध्यक्ष दुर्गाबहादुर गुरुङ, मादी ६ का अध्यक्ष दीपक परियार, वडा कमिटीका सचिव अनिल नेपाली लगायतले धारणा राखेका थिए।

माओवादी केन्द्र मादी गाउँपालिका–११ वडा कमिटीका अध्यक्ष बुद्धिप्रसाद खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।