विद्यालय बन्द गर्ने निर्णय भएको छैन: शिक्षा मन्त्रालय


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित




कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेपनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको जनाएको छ।

सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो।

सीसीएमसीले कम्तिमा पनि १५ दिन विद्यालय बन्द गर्न सिफारिस गरे पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय नभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।

सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रणको लागि विद्यालय बन्दसँगै सार्वजनिक स्थानमा २५ जना बढी मानिस भेला हुन नपाउनेसहितका प्रतिबन्धात्मक व्यवस्था गर्न पनि सरकारलाई सिफारिस गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।