नेकपा एमाले गोरखाको अध्यक्षमा प्रेमबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्।
एमालेको गोरखा जिल्ला ७ औं अधिवेशनले अध्यक्ष गुरुङसहित ६० जिल्ला सदस्य निर्वाचित गरेको हो।
अध्यक्ष सहित ३ जना पदाधिकारी, भूगोलतर्फबाट जिल्ला कमिटी सदस्य ५० जना र खुला महिलातर्फबाट ७ जना जिल्ला कमिटी सदस्यसहित ६० जना सदस्य सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ।
जसमध्ये उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोका निर्वाचित भएका छन्।
उपसचिव पदाधिकारीका लागि निर्वाचन हुने भएको छ। उपसचिवको २ पदका लागि ३ जनाको उमेदवारी परेपछि निर्वाचन भएको हो । उपसचिवमा विशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले प्रतिस्पर्धा गर्दैछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







