तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–१ स्थित दभुङलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न यहाँका युवा लागेका छन् । पर्यटकीय सम्भावना रहेको चण्डीदेवी मन्दिर, पान्धारे बाराही मन्दिरलगायतका क्षेत्रको गुरुयोजना बनाएर विकास गर्न युवा अघि बढेका हुन् ।
सदरमुकाम दमौलीबाट छोटो दूरीमा रहेर पनि बत्तीमुनिको अँध्यारो बनेको भन्दै युवा जागरुक बनेको चण्डीदेवी अक्षयकोष समितिका सचिव सन्तकुमार श्रेष्ठले बताए । पान्धारे बाराही मन्दिरदेखि चण्डी मन्दिरसम्म पैदलमार्ग निर्माण गर्ने योजना अनुरुप प्रक्रिया अघि बढाइएको उनले बताए । पान्धारेको पानी लिफ्टिङ गरी चण्डी मन्दिरसम्म पु¥याइनेछ ।
अटुट रुपमा बगिरहने पानीको मूल रहेकोले पशुपक्षी तथा माछापालन गरी व्यवसाय सञ्चालन गर्न सकिने पान्धारे बाराही मन्दिर संरक्षण समितिका सचिव वसन्तकुमार श्रेष्ठले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







