तनहुँमा सञ्चालित उद्योगमा करिब ३३ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । जिल्लामा सञ्चालनमा रहेका दश हजार ४२१ उद्योगमा उक्त सङ्ख्यामा मानिसले रोजगारी पाएका हुन् । तनहुँमा सञ्चालनमा रहेका उद्योगमा रु नौ अर्ब २१ करोड लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रम्ुख नारायणप्रसाद ढकालले जानकारी दिए ।
प्रत्येक उद्योगमा करिब रु दश लाखका दरले लगानी भएको तथ्याङ्क रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । तनहुँमा हालसम्म एघार हजार १६२ उद्योग दर्ता भएकामध्ये दश हजार ४२१ वटा उद्योग सञ्चालनमा छन् । चालू आवमा मात्रै एक हजार नौ उद्योग दर्ता भएका छन् । पछिल्लो समय महिलाको नाउँमा फार्म नामसारी गर्नेको सङ्ख्या ९० प्रतिशत रहेको सो कार्यालयले जनाएको छ ।
अहिले पनि दैनिक १५ देखि ३० जना फार्म दर्ताको लागि उक्त कार्यालयमा जाने गरेका छन् । महिलाको नाउँमा फार्म हुँदा बंैकले उद्यमी कर्जा प्रवाह गर्न थालेपछि महिलाको नाउँमा फार्म दर्ता गर्नेको सङ्ख्या बढेको छ । कृषिजन्य, पशुजन्य, फर्निचरलगायतका उद्योगको सङ्ख्या पनि बढिरहेका छन् ।
साना उद्योगको लागि घरेलु कार्यालयमा दर्ता गरिए पनि रु १५ करोड देखि रु ५० करोडसम्मका उद्योग विभागमै दर्ता हुने प्रावधान छ । घरेलु कार्यालयले अनलाइन दर्ता प्रक्रियालाईसमेत अघि बढाएको छ । तथ्याङ्क सुरक्षित राख्न डिजिटलाइजेसन गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







