माक्स खोई अभियानमा तुल्सीघाट प्रहरी


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा ९ तुल्सीघाट स्थित अस्थायी प्रहरी विटका प्रहरी तथा समाजसेवीहरुको सहयोगमा १५ सय माक्स वितरण गरिएको छ ।

सोमबार विहान ६ वजेदेखि नै तुल्सीघाटमा रहेको पक्कि पुलमा आउने तथा जाने सवारी साधनहरुमा चालक तथा यात्रुहरु, विद्यार्थीहरु, सर्वसाधारण पैदल यात्रुहरुलाई विटमा कार्यरत प्रहरी हवल्दार जनक धामीको नेतृत्वमा प्रहरी जवानहरुले माक्स वितरण गरेका थिए ।

दैनिक कोरोनाको नयाँ प्रजाती ओमीक्रोनको प्रकोप वढ्दै गएकोले माक्स अनिवार्य गराउन तथा जनचेतनाको लागि अभियान थालिएको सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशीले बताए ।

पोखरा महानगर शहरी स्वास्थ शाखा पोखरा ९ को विषेश सहयोग तथा सामुदायिक सेवा तथा सामुदायीक प्रहरी सेवा केन्द्र पृथ्वीचोक आयोजनामो सो अभियान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।