एमाले बागलुङका अध्यक्षमा केसी


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित




नेकपा एमाले बागलुङका अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन्।

कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्।

मतदानमा उनले ३२९ मत प्रप्त गर्दै निकटतम प्रतिद्वन्द्वी पाठकलाई हराएका हुन्। प्रतिद्वन्द्वी पाठकले २२८ मत पाए। अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गरे।

उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका छन्। उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भएका छन्। थापाले २९९ र श्रीसले २२८ मत पाए। उपसचिवमा ६ जनाको प्रतिस्पर्धा थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।