दुर्गमका नागरिकलाई निःशुल्क उपचार सेवा


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित




पाल्पा । पाल्पाकै विकट र दुर्गम मानिने निस्दी गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरले स्थानीयवासीलाई राहत पुगेको छ । यहाँको निस्दी गाउँपालिका–२ मा सञ्चालित निःशुल्क उक्त शिविरमा गाउँमै सेवा पाउँदा स्थानीयवासी उत्साहित भएका हुन् ।

गाउँका १२६ जनाले सेवा लिएका शिविरमा उक्त शिविर निस्दी–२ को आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, जिल्लास्थित कालीगण्डकी आँखा उपचार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । गाउँबासीलाई सहजरुपमा सेवा दिन शिविर आयोजना गरिएको वडाध्यक्ष पूर्णबहादुर बाकाबलले जानकारी दिए ।

शिविरमा १०४ जनालाई निःशुल्क औषधि, १५ जनालाई चस्मा र सातजनालाई परामर्श सेवा दिइएको थियो । शिविरमा आँखा जाँच गराएकामध्ये दसजनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएकाले पुस २८ गते सम्पर्क गर्न बोलाइएको केन्द्रका प्रमुख सुन्दर रानाले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।