नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्लास्तरीय युवा नवप्रवर्तनात्मक विचार गोष्ठी हुने भएको छ । राष्ट्रिय युवा परिषद् नेपालको वार्षिक कार्यक्रमअनुसार जिल्लाको मध्यविन्दु नगरपालिकाले विचार गोष्ठी सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले जिल्लाकै आठवटा स्थानीय तहका युवाहरुसँग नवप्रवर्तनात्मक विचार माग गरिएको बताए। जिल्लाभित्रका युवाहरुले माघ १० गतेभित्र स्थानीय तहको शिक्षा शाखामार्फत आफ्नो विचार पठाउनुपर्ने पाण्डेले बताए ।
कुनै क्षेत्रको विकास तथा प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा युवाहरुले आफ्नो धारणा राख्ने प्रतियोगिता नै नवप्रवर्तनात्मक विचार गोष्ठी भएको उपसचिव पाण्डेले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







