पुम्दीकोटमा आयोजना हुने भनिएको महायज्ञ स्थगित


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित




पोखरा २७, पुष

पोखरा २२ को पुम्दीकोटमा आउँदो माघ महिनाको ८ देखि १८ गतेसम्म बिशाल महमादेवको मुर्ति निर्माणको अभियान अन्र्तगत अधुरा कार्यपूरा गर्न पुनः दोश्रो पटक आयोजना हुन लागेको शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हाल स्थगित भएको छ । उक्त महायज्ञ संचालनको अन्तिम चरणमा पुगे पनि विश्व व्यापी महामारी कोरोना भाइरस शंक्रमणको तेश्रो लहरका कारण हाललाई स्थगित गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

अर्काे सूचना जारी नहुन्जेनसम्मको लागि उक्त महायज्ञ स्थगित भएको उनले जनाए । कोरोना शंक्रमण दर घटेर केही सहज हुन साथ उक्त महायज्ञ हुने भएको समितिले जनाएको छ । धार्मिक पर्यटनको गन्तव्य हुन थालेको पुम्दीकोट बिशाल महादेवको मुर्तिको अधुरा काम पुरा गर्न पुनः महायज्ञ संचालनको लागि आफुहरु जुटेको अध्यक्ष बरालले जनाए । हालसम्म उक्त बिशाल महादेवको मुर्ति निर्माण परियोजना अघि बढाउने क्रममा करिब ३ करोड ७५ लाख ऋणमा काम अघि बढेकोले गर्दा पनि पुनः महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष बरालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।