जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिडको संक्रमण बढेको भन्दै स्थानिय स्तरमा भइरहेका मेला, महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बुधबार साँझ एक विज्ञप्ती जारी गर्दै कोभिड संक्रमण बढेकाले त्यसलाई बल पुग्ने खालका मेला, महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेका हुन् ।
प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘आम नागरिकको स्वास्थ्य सुरक्षा, नागरिकको दैनिक जीवनलाई सूचारु एवम् सजगताप्रति सबै आ–आफ्नो तर्फबाट जिम्मेवार बनी कोभिड–१९ को प्रतिकार्यमा सहयोग गर्न गराउनुहुन सबै राजनीतिक दल, सार्वजनिक एवम् अन्य संघसंस्थाहरु, नागरिक समाज एवम् खाम नागरिकमा स्वास्थ्य सुरक्षामा जोखिम बढ्ने गरी कुनैपनि क्रियाकलाप, भेला, सभा, सम्मेलन, मेला नगर्न नगराउनु हुन पुनः हार्दिक अनुरोध गर्दछौं ।’
साथै प्रशासनले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को सिफारिस बमोजिम गृहमन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिएमसी)को निर्णय बमोजिम पूर्व निर्धारित मेला, महोत्सवलगायतका भिडभाडजन्य कार्यक्रम स्थगित गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आज दोस्रो राष्ट्रिय कोदो दिवस। नेपालमा आज विभिन्न कार्यक्रम गरी कोदो दिवस…





