फाइल तस्विर
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रतामा कुनै पनि सम्झौता हुन नहुने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ छापा सञ्चार माध्यम हकहित प्रवद्र्धन विभागको आयोजनामा नवलपुरको कावासोतीमा आज भएको ‘गण्डकी प्रदेशस्तरीय छापा सञ्चार माध्यमका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सत्तामा हुदाँ र बाहिर रहँदा यदाकदा बोली फेरिने गरेको देखिए पनि पे्रस स्वतन्त्रतामा कुनै पनि किसिमको सम्झौता हुन नहुने बताए । विगतमा ल्याएका केही विधेयक धेरै विवादास्पद भएकामा आफूहरूले विरोध जनाएको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेश सरकार कुनै पनि बहानामा छुट्टै कानुन बनाएर सञ्चार नियन्त्रण गर्ने भन्ने पक्षमा नभएको स्पष्ट पारे ।
“विधेयकबारे चिन्ता चासो रहेको पाए । संविधानमा उल्लेखित शब्दावली मूल्य मान्यताको प्रतिकूल हुने गरी कुनै पनि बहानामा छुट्टै कानुन बनाएर सञ्चारलाई नियन्त्रण गर्ने पक्षमा प्रदेश सरकार छैन’’, मुख्यमन्त्री पोखरेलले भने । प्रदेश सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको उहाँले स्पष्ट पारे ।
प्रदेश सरकारले पत्रकार महासङ्घका भवन नभएका जिल्लामा बजेट छुट्टाएको उल्लेख गर्दै उनले प्रदेशभित्रका लोक कल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाउने विषयमा सबै पक्ष बसेर छलफल गर्न सकिने बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले…







