काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ ।
आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।
शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरि सकेको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।
उनका अनुसार प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुवेतमा ड्रोन आक्रमणमा परि मृत्यु हुनेमा नेपाली युवा सोमकुमार तामाङ रहेका छन्…





