गण्डकी प्रदेश अर्थमन्त्री बराललाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री बरालको नमूना संकलन परीक्षणको बुधबार आएको नतिजामा मन्त्री बराललाई कोरोना संक्रमण भएको हो।

स्वास्थ्यमा असहता आएपछि मन्त्री बरालको मंगलबार नमूना संकलन गरिएको थियो। मन्त्री बराल हाल होम आइसोलेसनमै बसेका छन्।

मन्त्री बरालका सचिवालय र निजी निवासका ११ जनाको मंगलबार नै नमूना परीक्षण गरिएकामा ३ जनामा बाहेक अन्यमा कोरोना संक्रमण पुष्टि भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।