धादिङ । धादिङमा बाटो खन्ने क्रममा गएको पहिरोमा परि तीन जना बेपत्ता भएका छन् ।
बिहीबार बिहान जिल्लाको रुवी भ्याली गाउँपालिका–१ पुरुमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् ।
रुबिभ्याली–१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा माथिबाट खसेको पहिरोमा उनीहरु बेपत्ता भएको स्थानिय शिक्षक टेक घलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुवेतमा ड्रोन आक्रमणमा परि मृत्यु हुनेमा नेपाली युवा सोमकुमार तामाङ रहेका छन्…





