गण्डकी प्रदेशमा कास्कीका ११५ सहित १६५ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


प्रदेशका विभिन्न जिल्लाका ३५८ जनामा गरिएको परीक्षणमा उनीहरुमा सक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिनेमा सबैभन्दा बढी कास्कीका ११५, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३०, बाग्लुङका ६, तनहुँका ५, स्याङ्जा र म्याग्दीका ३–३ जना, लमजुङका २ र पर्वतका एक जना छन् ।


यस्तै सोही अवधीमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या ८९हजार ४६ पुगेको छ । यस्तै ८७ हजार २२ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणका कारण १ हजार ४२८ जनाको मृत्यु भएको छ भने होम आइसोलेसनका ५६९ सहित ५९७ जना सक्रिउ संक्रमित रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।