फाइल तस्विर : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवनरक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।
पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणदर निकै बढेकामा चिन्ता व्यक्त गर्दै उनले सङ्क्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत सरकारका प्रवक्ता कार्कीले भने, “पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ । नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्रगतिमा अगाडि बढेको छ । म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






