जुना थापामगर,पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाद्धारा शिक्षकहरुका लागि माध्यमिक तथा आधारभूत तहका शिक्षकहरुका लागि विहिवारदेखि प्रशिक्षण सुरु भएको छ ।
नेपाली विषयको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै जनप्रकाश मावि भण्डारढिकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदीले शिक्षक चक, डस्टर र किताब लिएर कक्षामा जाने जमाना गइसकेको र अबको जमाना आइसिटीको रहेको बताए ।
हरेक विषयका शिक्षक आइसिटीमा दख्खल राख्ने अनि विषयवस्तुमा निपूणता हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी महानगर शिक्षा महाशाखाले राखेको प्रशिक्षणले दक्ष शिक्षकको उत्पादनमा भूमिका खेल्ने बताए । कोरोना महामारीका कारण अनलाइन कक्षा सञ्चालन र सामुदायिक विद्यालयहरु प्रविधिमैत्री हुँदै गइरहेको अवस्थामा अब शिक्षक पनि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छ् ।
नेपाली, अंग्रजी, गणित, विज्ञान, सामाजिक विषयको विषयगत रुपमा हुने त्रिदिवसीय प्रशिक्षण जनप्रकाश मावि भण्डारढिक, कालिका मावि रामबजार, जनप्रिय मावि सिमलचौर र नविन मावि गैह्रापाटनमा हुने महाशाखाका वरिष्ठ अधिकृत बद्रि सुवेदीले बताए।
नेपाली विषयको प्रशिक्षणको पहिलो दिन आइसिटीसम्बन्धी सिद्ध मावि पोखरा १५ फलेपाटनकी सहायक प्रधानाध्यापक जुना थापाले प्रशिक्षण दिए । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र जनप्रकाश माविका विव्यस अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहाशाखाका शाखा अधिकृत कृष्णप्रसाद भण्डारीले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







