पोखरा । साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आज शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
आर्मीले पुलिसमाथि २१–२५, २५–१८, २५–२१ र २५–१३ को जित निकालेको हो । यस जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोड्यो । पराजित पुलिसको ३ खेलबाट ३ अंक छ । अब आर्मीले उपाधिका लागि एपीएफ र न्यु डायमण्ड मध्ये एक टोलीसँग खेल्नेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







