पोखरा । शुक्रबार गण्डकी प्रदेशमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४२२ जनामा गरिएको परीक्षणमा १८६ जनामा कोरोना संक्रमण भएको हो ।
आज संक्रमित हुनेमा सबैभन्दा धेरै कास्कीका ९५ जना छन् । यस्तै नवलपरासी पूर्वका ५५ जना, तनहुँका १६, स्याङ्जाका १०, म्याग्दीका ५, बाग्लुङ र मुस्ताङका २–२ र लमजुङका १ जना छन् । सोही अवधीमा १८ जना संक्रमणमुक्त भएका छन् ।
यो सहित हालसम्म प्रदेशभर ८९ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य ८७ हजार ४० जना संक्रमणमुक्त भइसकेका छन् । प्रदेशमा अव होम आइसोलेसनका ७३१ सहित ७६५ जना सक्रिय संक्रमित छन् । यस्तै संक्रमणका कारण १ हजार ४२८ जनाको मृत्यु भएको छ ।
बिहीबार गण्डकी प्रदेशमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







