कास्कीमा भोलिदेखि पठनपाठनका लागि विद्यालय, कलेज खोल्न नपाईने, परीक्षा सञ्चालन गर्न भने पाइने


     एभरेस्ट आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित




कास्कीमा माघ १ गते शनिबारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार एक आदेश जारी गर्दै कास्कीमा कलेज तथा विद्यालयमा पठन÷पाठन गराउनेगरी विद्यालय तथा कलेज नखोल्न भनेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जारी गरेको आदेशमा भनिएको छ,‘
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम जिल्ला स्थित सम्पूर्ण आधारभुत तथा माध्यमिक विद्यालयहरुको पठनपाठन नगर्ने÷नगराउन आदेश जारी गरिएको छ ।’ तर पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी सञ्चालन गर्न सकिने प्रशासनले जारी गरेको आदेशमा भनिएको छ ।

कास्कीमा शनिबारदेखि स्मार्ट लकडाउनसमेत घोषणा गरिएको छ ।

कास्की प्रशासनले जारी गरिएको आदेशको पालना भए÷नभएको अनुगमन गरि उलंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।