पोखरा । ग्रिन यूथ एलाइन्स नेपालको आयोजना र बतास फाउण्डेशनको सहयोगमा पोखरामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पोखरा– ९ रामघाटमा आश्रित विपन्न परिवारहरुलाई लक्षित गरि न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ गरिएको शिविरमा २ सयजना बढी लाभाविन्त भएका छन् ।
कार्यक्रमको उद्घाटन कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापले गरे । शिविर आयोजना सह्रानीय कार्य भएको बताए । उनले रामघाट आश्रित परिवारलाई जुनसुकै ठेकेदार वा कम्पनीले लिएपनि उनीहरुको रोजीरोटीको ग्यारेन्टीका लागि आफूले पहल गर्ने बताए ।
कार्यक्रममा तमु धिं कास्कीका अध्यक्ष हुम गुरुङले निःशूल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
समाजसेवी टिका गुरुङले सामाजिक उत्तरदायित्व वहन गर्ने यस्ता कार्यक्रममा आफ्नो साथ र सहयोग रहने बताइन् ।
प्रविधिक सहयोगका रुपमा रहेको पोखरा डाइवेटिज एण्ड थाइराइड क्लिनीकका अध्यक्ष राजन श्रेष्ठले आफ्नो संस्थाले निःशूल्क स्वास्थ्य शिविरको माग आए पोखराको जुनसुकै ठाउँमा पनि गर्न सकिने बताए ।
सिद्धमार्ग टोल विकास संस्थाका अध्यक्ष सुर्य जलारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक किसन विश्वकर्माले कार्यक्रमको बारे प्रकाश पारेका थिए ।
शिविरमा गण्डकी मेडिकल कलेज तथा टिचिङ अस्पतालले १० जना डाक्टर, स्वास्थ्यकर्मी, तथा इको, यूएसजी लगायतको स्वास्थ्य सामाग्री उपलब्ध गरेको थियो । साथै निःशूल्क औषधी वितरण गरिएको आयोजक ग्रिन यूथ एलाइन्स नेपालका अध्यक्ष सुजन विकले जानकारी दिए । कार्यक्रमको सञ्चालन रोजिना श्रेष्ठले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







