पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरी,सचिवमा कास्कीकी शर्मा सदस्यमा सापकोटा र गौतम निर्वाचित


     एभरेस्ट आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित




नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा कैलालीका सञ्जयकुमार चौधरी निर्वाचित भएका छन् । चितवनको सौराहामा सम्पन्न महासंघको छैटौं अधिवेशनबाट चौधरी विजयी भएका हुन् ।
अध्यक्ष पदका लागि चौधरीसहित तीनजनाको उम्मेदवारी थियो । अध्यक्ष पदका उम्मेदवार चौधरीले २६९ मत प्राप्त गरे । त्यसैगरी नवराज ढकाल (काठमाण्डौ) ले १७१ मत र मातृका शिवाकोटी (मोरड.)ले ३५ मत प्राप्त गरे ।
महासंघको वरिष्ठ उपाध्यक्षमा दिवाकर घिमिरे रुपन्देही , उपाध्यक्षमा किरणकुमार खनाल चितवन पुष्पराज पौडेल काठमाडौं र सञ्जीव सत्याल सुनसरी निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा शिवसागर शर्मा ९निर्विरोध भएका छन् भने उपमहासचिवमा यमलाल लोहनी ९रुपन्देही० निर्वाचित भए । त्यसैगरी सचिवमा विष्णुप्रसाद पौडेल ९काठमाडौं०, बुद्धिप्रसाद अधिकारी ९बाँके० र शकुन्तलादेवी शर्मा ९कास्की० निर्वाचित भएका छन् ।
सचिवमा पदमा पहिलो पटक पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको कार्यसमितिमा कास्कीकी शकुन्तलादेवी शर्मा निर्वाचित भएकी हुन् । अहिलेसम्म कार्यसमितिको पदाधिकारी पदमा महिला पुगेका थिएनन् भने शर्मा नै पहिलो पटक प्रवेश गरेकी छन् ।

कोषाध्यक्षमा गोविन्द महर्जन ९काठमाडौं०, सहकोषाध्यक्षमा किरणबाबु न्यौपाने ९मकवानपुर०, लेखा समिति संयोजकमा वाशुप्रसाद भेटुवाल ९सिन्धुली०, लेखासमिति सदस्यमा बुद्धिसागर कँडेल ९चितवन० र वाशु न्यौपाने ९मकवानपुर० निर्वाचित भएका छन् ।
त्यसैगरी पदेन केन्द्रीय सदस्यहरूमा रञ्जन चापागाई ९प्रदेश १, धिरज श्रेष्ठ ९प्रदेश २, नारायणकुमार श्रेष्ठ ९वागमती०, लिलाराम गौतम ९गण्डकी०, भैरव रावल ९लुम्बिनी०, कमल नेपाल ९कर्णाली० र मेखराज दाहाल ९सुदूरपश्चिम० चयन भएका छन् ।
भूगोल सदस्यअन्तर्गत उमेश अधिकारी ) उमेशकुमार अग्रवाल ९प्रदेश २, रमेश ढुंगेल ९वाग्मती०, द्रोणप्रसाद भुसाल ९लुम्बिनी०, जगतप्रसाद शर्मा ९कर्णाली० र वासुदेव गौतम ९सुदूरपश्चिम० चयन भएका छन् ।
खुला केन्द्रीय सदस्यतर्फ राजेन्द्र तिवारी ९चितवन०, गणपति पाण्डे ९रुपन्देही०, विजयकृष्ण महर्जन ९ललितपुर०, ताराराम श्रेष्ठ ९तनहुँ०, रविन बराल ९झापा०, रवीन्द्र बराल ९सुनसरी० र शम्भु लामिछाने ९कैलाली० निर्वाचित भएका छन् ।
त्यस्तै खुला केन्द्रीय सदस्य स्टेसनरीतर्फ सरोज मास्के ९चितवन०, कृष्णराम कार्की ९काभ्रे०, होमनाथ पाण्डे ९रुपन्देही०, गोविन्द गौतम र मोहनप्रसाद सापकोटा ९कास्की० चयन भएका छन् ।
एसोसिएट केन्द्रीय सदस्य स्टेसनरीतर्फ अर्जुनकुमार आचार्य ९काठमाडौं० र पुस्तकतर्फ महेश शर्मा चयन भएका छन् ।
महासंघको निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।