यो वर्ष ढुंगेसाँघुमा मेला लागेन


     एभरेस्ट आवाज    
     माघ १ गते २०७८ मा प्रकाशित




धेरै समय अघिदेखि माघेसक्रान्ती मेला लाग्दै आएको पोखराको ढुंगेसाँघु यस वर्षको माघे सक्रान्तीमा भने सुनसान छ।

कोभिड–१९ को नया भेरियन्ट ओमिक्रोनसहितको संक्रमण ग्राफ उकालो चढ्दै गएका कारण यहाँको मेला गत यस वर्ष प्रभावित बन्न गयो।
भक्तजन तथा तिर्थालुबाहेक मेला हेर्न आएका आएका छैनन्। सेती नदिमा नुहाउन आएका तिर्थालु भक्तजनबाहेक यो वर्ष ढुंगेसाँघु सुनसा नबनेको पत्रकार हरि बास्तोलाले बताए। उनले भनेका छन्, ‘सेती नदिमा नुहाउने भक्तजनहरु सीमित संख्यामा देखिएका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड रोकथाम तथा नियन्त्रणका लागि कास्की जिल्लाभरी माघ १ गतेदेखि अनिश्चितकालका लागि स्मार्ट लकडाउनको आदेश जारी गरेपछि ढुंगेसाँघुको मेला हुन सकेन।

पोखरा–१७, महतगौँडा सितापाइलास्थित ढुंगेसाँघु विगतका वर्षहरुमा यस दिन भक्तजन तथा मेला हेर्नेको निकै नै भिडभाड र खचाखच हुन्थ्यो।
विगतका वर्षमा पोखरा बजार लगायत आसपासका क्षेत्रबाट समेत भक्तजन यो मेला हेर्न आउने गर्दथ्यो। मेलामा कुटो, कोदालो, हसिया, नाम्लो, डोरी, दाम्लो लगायतका घरेलु सामानकोे किनमेल हुने गर्दथ्यो।

दिनभर खेलकुदलगायत भजन कीर्तनको साँस्कृति मनोरञ्जन लिने गर्दथे। कास्की, स्याङजा, पर्वत, वागलुङ, तनहुँ लगायतका क्षेत्रबाट हजारौंको संख्यामा भक्तजन माघे संक्रान्तिको यो मेलामा सहभागि हुन आउने गर्दथ्यो। मेलाका लागि विहान सबेरैदेखी ढुंगेसाँघु जानेको ताँती नै लाग्थ्यो।
मेलामा परम्परागत रुपमा तरुल, लत्ता कपडा तथा फेन्सी सामानहरुको बजार समेत लाग्ने गर्दथ्यो। मेलाको अवसरमा स्थानीय क्लव तथा संघसंस्थाहरुको सहकार्यमा प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम समेत हुने गर्दथ्यो । मेलाको प्रमुख आकर्षण भनेको पोखराको मध्य भागबाट बगेको सेती नदीमाथि बनेको ढुंगाको प्राकृतिक साँघु हो।

यतिखेर, कोभिडकै कारण पूरा तयारी थालेको जताततैको मेला, महोत्सवहरु प्रभावित बनेका छन् र आयोजकहरुले मेला महोत्सव स्थगित गरिएको सूचना जारी गर्न बाध्य छन्।

प्रशासनले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी व्यक्ति जम्मा हुन रोक लगाएको छ। राजनीतिक, सामाजिक तथा सांस्कृतिकलगायतका भेला, महोत्सव, मेला, सभा, सम्मेलनलगायतका कार्यक्रम नगर्न÷नगराउन प्रशासनले आदेश गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।