तस्बीरः एजेन्सी
नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ।
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा सहायता सामग्री लिएर नेपाली टोली हिमालयन एयरलाइन्सको विमानबाट अफगानिस्तान गएको हो।
नेपालले आइतबार लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत झन्डै १२ टन मानवीय सहायता सामग्री पठाएको हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाएको मन्त्रालयले जनाएको छ। टोली आइतबार बिहान साढे ९ बजे सहयोग सामग्री लिएर अफगानिस्तानको राजधानी काबुल गएको हो।
विमानस्थलमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरेको हो। सहायता सामग्री संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किनेछ।
राष्ट्रसंघको समन्वयमा उक्त सहयोग सामग्री पठाइएको हो। अफगानिस्तानमा तालिबानले शासन संचालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको भन्दै संयुक्त राष्ट्र संघले सहयोग गर्न विश्व समुदायमा आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







