संयुक्त देशभक्त मोर्चाले भारतलाई कालापानीबाट सेना फिर्ता गर्न आग्रह गरेको छ । मोर्चाका संयोजक तीलक पराजुली र मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले आईतबार संयुक्त विज्ञप्ती जारी गर्दै भारतलाई नेपाली भूमिबाट सेना फिर्ता गर्न आग्रह गरेको हो । विज्ञप्तीमा भनिएको छ,‘भारतीय बिस्तारबाद कालापानीबाट फिर्ता जाउ ।’
भारतले सन ६० को दशकबाट नेपाली क्षेत्र कालापानी क्षेत्रमा अनाधिकृत रुपमा भारतीय सेना राखेर सो क्षेत्र कब्जा गर्दै आएको छ । मोर्चाले भारतीय फौज फिर्ता लैजान पहिल्यैदेखि नेपाली जनताले भन्दै आएको र अहिलेपनि आम नेपाली जनताको चाहना सोहि भएकाले तुरुन्त फौज फिर्ता गर्न भनेको छ ।
मोर्चाले अनाधिकृत तवरमा कब्जा गरेको नेपाली भूभागबाट निःसर्त आफ्ना फौज फिर्ता गर्नुपर्नेमा आप्mनो विस्तारवादी नीतिलाई झन् अगाडि बढाएर भारतले लिपुलेक, लिम्पियाधुरा, टिङ्कर समेतका नेपाली भूभागमा बाटो बनाएको विरुद्ध सम्पूर्ण नेपालीको विरोध रहेको विज्ञप्तीमा उल्लेख छ । पुरानै हैकमवादी नीतिलाई निरन्तरता दिदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थप सडक विस्तार गर्ने कुरा गरेर नेपालको भूअखण्डतामाथि नाङ्गो आक्रमण गरेको मोर्चाको ठहर छ ।
मोर्चाले भारतको हेपाहा प्रवृत्तिबिरुद्ध प्रभावकारी कुटनीतिक वार्ता अविलम्व थाल्न आग्रह नेपाल सरकारलाई आग्रह गरेको छ । यति गर्दापनि भारतले आनाकानी गरेमा भूमि अतिक्रमण सम्बन्धि मुद्धालाई अन्र्तराष्ट्रियकरण गर्नपनि सरकारलाई आग्रह गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







