माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित




नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन्।

उनको कोभिड– १९ रिपोर्ट नेगेटिभ आएको छ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार आइतबार बिहान पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।

पुस २३ गते पीसीआर परीक्षण गरेपछि उनमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो। अध्यक्ष प्रचण्ड स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ लिइरहेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।