फाईल तस्बिर ।
पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई दोस्रो पटक कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको छ ।
नेकपा (एमाले)का उपमहासचिव समेत रहेका गुरुङललाई आज दोस्रो पटक संक्रमण पुष्टि भएको हो । उनले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो जानकारी दिएका हुन् ।
कोभिड संक्रमणपछि उनी होम आइसोलेसनमा रहेको बताएका छन् । उनले आफूसंग सम्पर्कमा रहेका सबैजनालाई स्वास्थ्य जाँच गराउन अनुरोध समेत गरेका छन् ।
उनलाई गत बैशाखमा पनि कोरोना संक्रमण भएको थियो ।
गुरुङले स्टाटसमा लेखेका छन्, ‘आज कोभिड संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा छु । अफ्टेरो महसुस नभएपनि आरामै छु । फोन नउठ्न सक्छ । मसंग सम्पर्कमा रहनुभएका सबैजनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको…








