पोखरा । सिद्दी सेतुली स्मृति प्रतिष्ठान पोखराले बेदब्यास ज्येष्ठ नागरिक आश्रम दमौलीको अध्यक्ष साबित्री श्रेष्ठलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले रु १ लाख राशिसहित “आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति(२०७८ तथा सम्मान”बाट सम्मान गर्न लागेको हो ।
आमाको स्मृति दिवस माघ ७ गतेका दिन एक समारोहका बिच श्रेष्ठलाई सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बॅांस्तोलाले जानकारी दिए । महिलाहरुको बिशेष सकृयतामा बिपन्न,अशक्त, असहाय तथा उपेक्षित ज्येष्ठ नागरिकहरुको भरण पोषण स्याहार सुसारका साथै मृत ज्येष्ठ नागरिकहरुको दाहसंसस्कारमा समेत सक्रिय भुमिका निर्बाह गरेको योगदानको उच्च मुल्यांकन गर्दै श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरिएको प्रतिभा छनौट समितिका संयोजक प्रमिला तझ्याले वताइन् ।
सोहि समारोहमा प्रतिष्ठानका कोषाध्यक्ष गोबिन्दबहादुर ताम्राकारलाई पनि सम्मान गरिने प्रतिष्ठानका संस्थापक अध्यक्ष बिश्वरत्न शाक्यले जानकारी दिए । शाक्यका अनुसार प्रतिष्ठानको स्थापना कालदेखिनै संस्थाप्रतिको आस्था, कामप्रतिको लगन र जिम्मेवारीबोधकासाथ अबिच्छिन्नरुपमा १५ बर्षसम्म कोषाध्यक्ष पदमा रहेर संस्थाको गरिमा र हौसला बढाउनदेखाएको सेवा ,सहयोग र सद्भाबको उच्च सम्मान गर्दै ताम्राकारलाई सम्मान गर्न लागिएको हो ।
सम्मान अर्पण कार्यक्रम माघ ७ गते शुक्रबार प्रतिष्ठानका पूर्ब अध्यक्ष भुपनिधि पन्तको प्रमुख आतिथ्यतामा हुने तय भएको छनौट समितिका संयोजक तझ्याले जानकारी दिएकी छिन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







