गण्डकी प्रदेशको हक्की टोलीको एक कार्यक्रमबीच (सोमबार) विदाई गरिएको छ।
विरगञ्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको महिला टोलीलाई विदाई गरिएको हो।
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले खादा लगाई टोलीलाई बिदाई गरे। कोरोना महामारीकै बीचमा १८ सदस्यीय टोली सोमबार बीरगञ्ज प्रस्थान गरेका हुन्।
गण्डकी प्रदेशले पहिलो खेल बुधबार सुदुरपश्चिम प्रदेशसँग खेल्नेछ। दोस्रो खेल भने बिहीबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।
हक्की टोलीका लागि समाजसेवी टिका गुरुङले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।
सोमबार आयोजित टोलीको विदाई कार्यक्रममा गुरुङले आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन्।
त्यसैगरी, गण्डकी प्रदेशको लागि जर्सी जयमनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रायोजन गरेको कास्की जिल्ला हक्की संघका कोषाध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन्।
हक्की टोलीमा सहभागी खेलाडीहरुः
नानु गुरुङ (कप्तान), कमला पुन, सविना पुन, सोनु बराल, शिल्पा चौधरी, मनिला मगर, प्रिती मगर, लक्ष्मी गुरुङ, पुजा पुन, अंकिता अधिकारी, दिपशिखा पौडेल, सृजना नेपाली, सुमिना सुनार, प्रेमा परियार, समीक्षा पुन छन्। टिम प्रशिक्षकमा राजन नेपाली र टिम व्यवस्थापकमा सुजन मगर छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







