मानुङकोटबाट फर्किदै गरेको बलेरो जीप दुर्घटना


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित




तनहुँको व्यास–५ मानुङकोटबाट फर्किदै गरेको बलेरो जीप दुर्घटनामा परेको छ।

सडकबाट चिप्लिएर केही तल खस्दा जीप दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जनाएको छ। जीपमा सवार सबै यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।