पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ । मंगलबार प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मनाङ बाहेकका जिल्लाका ६२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार २३१ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका ३४७ जना छन् । यस्तै स्याङ्जाका ६९, लम्जुङका ५०, बाग्लुङका ३८, तनहुँका ४१, नवलपुरका २६, म्याग्दीका २५, गोरखाका २२, पर्वतका ७ र मुस्ताङका एक जना छन् । उनीहरु मध्य एन्टीजेनबाट २६४ जना र ३६२ जना पिसिआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेश संयोजक नवराज शर्माले जानकारी दिए ।
यस्तै सोही अवधीमा १६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सहित अब प्रदेशमा २ हजार ६८ जना होमआइसोलेन सहित २ हजार १२० जना सक्रिय संक्रमित रहको शर्माले जानकारी दिए ।
हालसम्म प्रदेशका ९० हजार ६५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्य ८७ हजार १०७ जना निको भएका छन् । संक्रमणबाट हालसम्म १ हजार ४२८ जनाले ज्यान गुमाएका छन् ।
सोमबार गण्डकी प्रदेशमा कास्कीका १८६ जना सहित प्रदेशभर ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





