प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटको फाइनल आज (बुधबार) हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुने फाइनलमा २ विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।
एपीएफ र पुलिस दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रने छन्। एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको हो। एपीएफले साविक विजेता समेत रहेको आर्मीलाई हिँजो (मंगलबार) ४७ रनले हराएको थियो।
यस्तै, पुलिसले बागमती प्रदेशलाई हराएको थियो। फाइनल पुग्ने क्रममा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो।
यसअघि एकदिवसीय फम्र्याटमा हुँदै आएको प्रतियोगिता यस पटक भने टी–ट्वान्टी फम्र्याटमा खेलाइएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । पोखरा २२ कोदीमा आयोजित…





