एमालेको सबै कार्यक्रम स्थगित


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित




कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज (बुधबार) पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय संचालन गर्न आग्रह गरेका छन्।

पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ।

एमालेले यही माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसंठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना अघि सारेकामा ती प्रभावित भएका छन्। गत पुस २३ गते हुन नसकेका जिल्ला अधिवेशनहरु करिब २० जिल्लाको अधिवेशन पनि पर सरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।