
पोखराबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंह बस्ने २९ वर्षिय कृष्णबहादुर हमाललाई लागू औषधसहित पक्राउ गरेको जनाएको हो ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले हमाललाई मंगलबार पक्राउ गरेको जनाइएको छ । उनको साथबाट डाइजापाम ६४ एम्पुल, फेनरागन ६२ एम्पुल, नुर्फिन ६२ एम्पुल गरि कुल १८८ एम्पुल लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ परेका हमाललाई लागू औषध सम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





