नेपाल क्रिकेट प्रशिक्षक संघकाे अध्यक्षमा टमाटा


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल क्रिकेट प्रशिक्षक संघ (सीसीएएन)को अध्यक्षमा जगत टमाटा चयन भएका छन् ।
आज भएको संघको प्रथम साधरण सभाले टमाटाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा साम्सोनजंग थापा, सचिवमा बसन्त साही ठकुरी र कोषाध्यक्षमा महेशप्रसाद रिजाल चयन भएका छन् ।

यस्तै संघको सदस्यहरुमा प्रकाश शर्मा, रिजन प्रजु, सुनिल शाह, नीरा राजोपाध्याय, जानकी भट्ट, ज्ञानेन्द्र क्षेत्री र शेर लामा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल क्रिकेट संघ (सीएएन)ले सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।