पर्वत अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा शंकर गिरी नियुक्त भएका छन्।
गण्डकी प्रदेश सरकारको मन्त्री स्तरीय निर्णयबाट गिरी अध्यक्षमा नियुक्त भएका हुन्।
गिरी माओवादी केन्द्रका कुश्मा नगर कमिटिका अध्यक्ष समेत हुन्।
केही महिनादेखि रिक्त ब्यवस्थापन समितिमा प्रदेश सरकारले गिरीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो। गिरीसँगै सदस्यहरुमा परशुराम पुरी, तारादेवी पराजुली र भगवती पौडेल नियुक्त भएका छन्।
ब्यवस्थापन समितिमा नगरपालिका प्रमुख र उद्योग बाणिज्य संघका अध्यक्ष पदेन सदस्य रहने प्रावधान छ। यसअघि, गोविन्द पहाडी अध्यक्ष रहेको ब्यवस्थापन समितिको म्याद सकिएपछि अस्पताल ब्यवस्थापन समिति रिक्त थियो।
समिति रिक्त हुँदा दैनिक कार्य संचालनमा समस्या आएको विषय समेत अस्पतालबाट सार्वजनिक भएको थियो। नवनियुक्त अध्यक्ष गिरीले अस्पतालमा उपचार गर्न आउने विरामीलाई सन्तुष्टि प्रदान गर्ने गरी ब्यवस्थापकीय पक्ष सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। कोरोना संक्रमणको तेस्रो लहर आइरहेको बेलामा संक्रमणबाट जुध्न अस्पतालले विशेष कार्ययोजना ल्याउने समेत गिरीको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







