जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित




नवलपरासी पुर्व । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा बन्द गरिएको हो ।

अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै आजदेखि यही माघ १० गतेसम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसूति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशालाबाहेक सबै सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

जिल्ला अस्पतालमा कार्यरत २३ कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । बुधबार मात्रै अस्पतालका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । पन्ध्र शय्याको यस अस्पतालमा ३१ जनाको दरबन्दी रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।