स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनको विषम परिस्थितिमा अग्रभागमा खटिने संचारकर्मीहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल पत्रकार महासंघ कास्की शाखालाई नेलम्बो नेपालले मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो।
महासंघमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले कास्की शाखाका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे।
नेलम्बोले डिस्पोजेवल मास्क ८ हजार २ सय ५० पिस र केएन ९५ मास्क ५५० पिस पत्रकारहरुका लागि उपलव्ध गराएको हो।
नेलम्बोले यसअघि कोरोनाको पहिलो लहर तथा दोस्रोमा पनि पत्रकाररुका लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







