पोखरा । पोखरा–१३ उद्गममार्गका हर्कबहादुर गुरुङले आहा रारा गोल्डकप गेस एण्ड विनको पहिलाे पुरस्कार प्राप्त गरेका छन् ।
एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले सोधेको प्रश्नको अनुमानित सही जवाफ एसएमएस मार्फत दिएका गुरुङलाई शुक्रबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिएको हो ।
विजेता गुरुङलाई पोखरा रंगशालामा साहारा यूकेका अध्यक्ष कुसाङ गुरुङले सेभेन बी फोन जोन बुद्धविशाल बजार महेन्द्रपुलको तर्फबाट एक थान मोवाइल र हिमश्री फुड्सको उत्पादन आहा रारा एक कार्टुन चाउचाउ सहित पुरस्कार प्रदान गरे ।
एफएमले बिहीबार भएको साहारा क्लव र विभागिय टोलि नेपाल एपिएफ क्लवविचको खेल कस्ले जित्ला भनि सोधेको प्रश्नमा एसएमएसबाट आएका जवाफबाट गोलाप्रथामार्फत गुरुङलाई विजेता घोषणा गरेको एफएमका मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठले जानकारी दिए ।
पुरस्कार प्राप्त गरेका गुरुङले रेडियो सुन्ने क्रममा गरेको एउटा एसएमएसले पुरस्कार प्राप्त गरेकोमा खुःशी व्यक्त गरे । उनले भने, ‘रेडियो सुन्दै थिए, सोही बेला एपिएफले जित्छ भन्ने लाग्यो अनि एसएमएस गरे, गोलाप्रथाबाट मेरो नाम विजय भएको घोषणा भएछ खुःशी लाग्यो ।’
बिहीबारको खेलमा आयोजक साहारा क्लवलाई २–० ले पराजित गर्दै सेमिफाइनल एपिएफ प्रवेश गरेको छ ।
एफएमले गोल्डकप अवधीभर प्रत्येक दिन बेलुका साढे ७ बजेबाट आहा रारा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै प्रत्येक दिन सोधिने प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई सेभेन बी फोन जोन बुद्धविशाल बजारकोे तर्फबाट एक थान मोवाइल सेट, आहा रारा चाउचाउ तथा अन्य आर्कषक पुरस्कारको व्यवस्था गरेको छ ।
एक विदेशीसहित १० टोलीको प्रतिश्पर्धा रहने गोल्डकपमा कस्ले जित्ला भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको रोवा ब्राण्डको एन्ड्रोइड स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







