नेपाल रेडक्रस सोसाइटी पोखरा–५ उपशाखामा माघ १५ गते पुनः निर्वाचन हुँदैछ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले एक सूचना प्रकाशित गर्दै पुनः निर्वाचन हुने जनाएको हो।
गत पुस १० गते निर्वाचन प्रक्रियाविनै नयाँ नेतृत्व तथा कार्यसमिति चयन गरिएको भन्दै ८ जना उमेदवारहरुले निर्वाचन प्रक्रिया अघि बढाउन रेडक्रस कास्कीमा निवेदन दिएपछि रेडक्रस कास्कीले निर्वाचन प्रक्रियालाई पुनः अघि बढाएको हो।
रेडक्रस कास्कीले १० गते निर्वाचित भएको समिति खारेज गर्दै पुनः निर्वाचनको मिति समेत तोकेको छ।
निर्वाचन अधिकारी डोलराज पाण्डेले सूचना प्रकाशित गर्दै माघ १५ गते पुनःनिर्वाचनको मिति तोकिएको जनाएका हुन्। निर्वाचन अधिकारी पाण्डेले पुस १० गते भएको निर्वाचन प्रक्रिया, निर्वाचनको मान्यता बमोजिम नभएकाले बदर गरिएको सूचनामा उल्लेख गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







