फाईल तस्बिर ।
कोरोना संक्रमणका कारण शुक्रबार गण्डकीमा थप २ जनाको मृत्यु पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा जिल्ला गोरखा नगरपालिका–११ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो।
बिहीबार कोरोना संक्रमण पुष्टि भइ गोरखा अस्पताल भर्ना भएका उनको बिहीबार नै मृत्यु भएको हो।
यस्तै पर्वत जिल्ला कुस्मा नगरपालिका–१३ की २३ वर्षीया युवतीको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो।
गत बुधबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि अस्पताल भर्ना भएकी उनको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १४३२ पुगेको निर्देशनालयले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







