गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप ४२८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७०२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
शनिबार संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६१ जना, तनहुँका ६७ जना, गोरखाका २२ जना, लमजुङका आठ जना र नवलपुरका ३४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ९६ जना, पर्वतका १७ जना, बाग्लुङका चार जना र म्याग्दी जिल्लाका १९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९३ हजार ३१३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ११४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ४५० पुगेको छ। भने, अहिले प्रदेशभर ४४३० सक्रिय संक्रमित छन् । शनिबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका-२ निवासी ९२ वर्षीया वृद्धा छिन् । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४३३ पुगेको निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







